गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी बाढीको इपिसेन्टर बनेको गोसाईंकुण्ड गाउँपालिकाका उपाध्यक्ष र एकजना वडाध्यक्ष पनि सम्पर्कविहीन भएका छन् । उपाध्यक्ष प्रतिमा तामाङ र ५ नम्बर वडाका वडाध्यक्ष दावा मिङ्मार तामाङ बिहान बाढीलगत्तै सम्पर्कविहीन भएका हुन् ।

दुवै जनाको फोन सम्पर्कविहीन हुँदै अहिले आएर स्वीच अफ भएको अध्यक्ष कैसाङ नुर्पुले तामाङले जानकारी दिए । उपाध्यक्ष तामाङ पनि वडा नम्बर ५ स्याफ्रुबेसीकी निवासी हुन् ।

गाउँपालिका अध्यक्ष तामाङले हराएका जनताको संख्या टिप्न आफूले र कर्मचारीले नभ्याएको जानकारी गराएका छन् । गाउँपालिका अन्तर्गत वडा नम्बर २ र ५ का तटीय क्षेत्रका सयौं बासिन्दा बेपत्ता रहेको समेत बताएका छन् ।

वडा नम्बर २ रसुवागढी टिमुरे क्षेत्र हो । बाढीले गाउँपालिका भवन पनि बगाएको र तटीय क्षेत्रका कुनै पनि घर बाँकी नरहेको पनि उनले बताए । आफू केही बोल्न नसक्ने अवस्थामा रहेको र मानवीय तथा भौतिक क्षति यो युगले पूर्ति गर्न नसकिने अकल्पनीय रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

epaper

ताजा समाचार

राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री