मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपालका नागरिकसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन् ।

‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेँ,’ मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन् ।

मोदीका अनुसार भारतका उद्धार तथा राहत टोलीले नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा नजिकबाट समन्वय गरिरहेका छन् । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी वितण्डाः हालसम्म ७२ जनाको शब फेला