काठमाडौं । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीबाट उत्पन्न परिस्थितिको वस्तुस्थिति’bout जानकारी लिन नेपाल प्रहरीले आपतकालीन समन्वय केन्द्र स्थापना गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गर्दै प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुदर्शनप्रसाद कोइरालाको नेतृत्वमा प्रहरी प्रधान कार्यालयमा आज आपतकालीन समन्वय केन्द्र स्थापना गरेको हो ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका गतिविधिलाई प्रभावकारी बनाउन तथा घटनासम्बन्धी सूचना सङ्कलन र आवश्यक समन्वयका लागि केन्द्र स्थापना गरिएको प्रहरीले जनाएको छ ।
आपतमा परेकाले सम्पर्कका लागि मोबाइल नं ९७६८५८२६३८ मा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)
सम्बन्धित समाचार
विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
सभामुखको सासूको निधन, संसद बैठक स्थगित
नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द
उद्धारमा जाने निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार






