दैलेख । सोसेक नेपाल दैलेखले स्थापना गरेको संगीता राना स्मृति पुरस्कार–२०८३ बाट नौमुले गाउँपालिका-३ की डिलकुमारी सापकोटा पुरस्कृत भएकी छन्। सोसेक नेपाल दैलेखको २९औँ वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा सापकोटालाई उक्त पुरस्कार प्रदान गरिएको हो।
प्रविणता तहमा अध्ययनरत सापकोटाले व्यवस्थापन सङ्कायबाट ३.९६ जिपिए प्राप्त गर्दै नेपालकै सर्वाधिक अंकसहित उत्तीर्ण भएको उपलब्धिका लागि उनलाई सम्मान गरिएको हो। पुरस्कार स्वरूप प्रमाणपत्रसहित नगद २० हजार एक रुपैयाँ प्रदान गरिएको संस्थाका अध्यक्ष मञ्जु खड्काले बताइन ।
२०८२ चैत १६ गते संस्थाकी बहालवाला कोषाध्यक्ष स्वर्गीय संगिता राना सवारी दुर्घटनामा परी मृत्यु भएकोले थियो ।रानाको सम्झनामा सोसेक नेपाल संगीता राना स्मृति पुरस्कार २०८३ स्थापना गरेको छ ।
स्वर्गीय राना सामाजिक सेवामा समर्पित निष्ठावान र कर्मठ व्यक्तित्व भएको उल्लेख गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक हीरासिंह थापाले सामाजिक जीवनमा प्रेरणादायी भूमिका खेल्ने तथा महिला, दलित र लक्षित समुदायको समुन्नतिका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए ।
थापाका अनुसार यसै वर्षदेखि सुरु गरिएको उक्त पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिईने छ ,उनले भने ।
सम्बन्धित समाचार
सांसदको ‘अभिव्यक्ति अराजकता’ले सुरक्षा संयन्त्र र कर्मचारीतन्त्र आतंकित
जाजरकोटको रिसाङ पहिरोमा परी आमा छोरा बेपत्ता, सात घाइते
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुने
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोप्ने अभियान सुरु
निर्मल पुर्जाको आज अन्त्यष्टि गरिँदै, गोप्य राखिएको थियो पार्थिव शरिर
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
रसुवामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन






