काठमाडौँ । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै ढाँट उपाधिनजिक पुगेका हुन्।
तीन राउन्डसम्म चलेको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भए। पहिलो निर्णायकले ढाँटलाई २९-२८ अंक दिएका थिए भने दोस्रो निर्णायकले सोही अन्तरमा मर्डोकलाई विजेता मानेका थिए।
तेस्रो निर्णायकले ढाँटको पक्षमा २९-२८ अंक दिएपछि उनले दुई-एकको निर्णयसहित फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
ढाँटले अब फाइनलमा र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमा सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। फाइनल जिते ढाँट यूएफसीका लागि छनोट हुनेछन्।
तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)
सम्बन्धित समाचार
एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल
टप एन्ड टी–२० सिरिज : सेमिफाइनल सम्भावना कायमै राख्न जित्नैपर्ने दबाबमा नेपाल
बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
कांग्रेसमा सानेपा भर्सेज चुनदेवी
इन्डोनेसियामा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प
नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री वाग्ले, गोप्य राखियो डिजाइन
टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?






