काभ्रेपलाञ्चोक । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु। ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
चौँरीदेउराली गाउँपालिकाले रु। १० लाख, रोशी गाउँपालिकाले रु। १० लाख, नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले रु। ११ लाख र बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु। पाँच लाख सहयोग गर्ने भएका हुन् ।
चौँरीदेउराली गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । रोशी गाउँपालिकाले जनप्रतिनिधिको सात दिन बराबरको सेवा सुविधा तथा कर्मचारी र शिक्षकको एक दिनको पारिश्रमिकबाट रु. नौ लाख ७० हजार सात सय तथा विपद् व्यवस्थापन कोषबाट रु २९ हजार दुई सय गरी रु। १० लाख उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
यसैगरी, नेपाली काँग्रेस जिल्ला समितिले नेता तथा कार्यकर्ताबाट सङ्कलित रु। ११ लाख पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाउने जिल्ला सभापति तीर्थ लामाले बताए । अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। पाँच लाख सहयोग गरेको छ ।
यसैबीच, भोटेकोशी बाढीका क्रममा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभ्रेपलाञ्चोकका ३९ जना नागरिक सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । जिल्लाका ४७ जना बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएको कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
सरकारसँग १४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
एनसेल फाउन्डेसनद्वारा १ करोड राहत सहयोग घोषणा
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार
कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’bout नीति संवाद
देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा






