काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेड, चावहिल काठमाडौंले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
अस्पताल प्रशासनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको नबिल बैंक लिमिटेडमा रहेको खातामा जम्मा गरिएको हो ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अस्पतालले उक्त रकम प्रदान गरेको जनाएको छ ।
प्राकृतिक विपद्का बेला पीडित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको अस्पताल प्रशासनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)
सम्बन्धित समाचार
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख
सरकारसँग १४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
एनसेल फाउन्डेसनद्वारा १ करोड राहत सहयोग घोषणा
सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
विपद्मा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड सहयोग
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत






