काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले काठमाडौंको विष्णुमतीपछि बागमती नदीमा पनि जल सतह सतर्कता तह पार गरेको भन्दै नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन भनेको छ ।
महाशाखाले राति १० बजे सूचनामार्फत यस्तो आग्रह गरेको हो । सूचनामा बागमती नदीले गौरीघाट जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको उल्लेख छ । आज साँझदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका खोलानालामा बाढीको स्तर बढाइरहेको महाशाखाले जनाएको छ ।
यसअघि आजै राति ८ बजेर ४० मिनेट जाँदा विष्णुमती नदीको जल सतह खतराको तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको थियो ।
महाशाखाले गोंगबु जलमापन केन्द्रले विष्णुमतीको जल सतह खतरा तह नजिक मापन गरेको जनाएको थियो ।
उता, सिन्धुपाल्चोकस्थित मेलम्ची, बोल्डे, ढुंगे तार्के, सेर्माथाङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची खोला र इन्द्रावती नदीको तल्लो तटीय क्षेत्र दोलालघाट दोभानसम्मका बासिन्दालाई बिहानसम्मै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा
माईखोलामा बन्यो झोलुंगे पुल, स्थानीयवासी खुसी
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी गरिन्छ सिकार ?
नागरिकका सन्तुष्टि अभिवृद्धिका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना कार्यान्वयन गर्न पत्राचार
‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु





