काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत पाँच जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को बमोजिमको कसुरमा बिगो चार करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना कायम गरी आरोपपत्र दायर गरिएको हो ।
सम्बन्धित समाचार
ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त
काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण
टिमुरेस्थित सशस्त्रको बीओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर, ६४ शव भेटिए
भोटेकोशी बाढी : उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
बाढीबाट यातायात क्षेत्रमा भएको क्षति सम्बन्धमा अध्ययन गर्न समिति गठन
‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन






