काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।
यही १६, १७ र १८ भदौमा ललितपुरको बालकुमारीमा पार्टीका संरक्षक महन्थ ठाकुरको उपस्थिति तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
जसपा नेपालले पार्टी नीति निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको भन्दै जसपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित हेमा बेल्वासे (के.सी.), बाँके निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाललाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाइएको छ ।
यस्तै, प्रदेश नं. १ समानुपातिक तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य निर्मला तावालाई पनि कारबाही गरिएको जसपा नेपालले जनाएको छ ।
यस्तै जसपा नेपालले गत प्रतिनिधिसभा निर्वाचन २०८२ का क्रममा पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत कार्य गर्ने पार्टीका तर्फबाट निर्वाचित दुई दर्जन स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई समेत कारबाही गरिएको जनाएको छ ।


सम्बन्धित समाचार
सर्वोच्चमा दर्ता भएन देउवा पक्षको रिट निवेदन
‘बदलिँदो परिस्थिति अनुसार एमाले रूपान्तरण हुनुपर्छ’: उपाध्यक्ष गुरुङ
गरिमा हत्या प्रकरणमा राज्य सम्वेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
बागमतीका मुख्यमन्त्री थापाले पाउलान् त विश्वासको मत ?
प्रदेश मन्त्रीका मोहले ४ दलको केन्द्रमा हलचल
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
सुरुङ उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय: काँग्रेस नेता आङ्देम्बे
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय






