वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु सम्मानित, पौरखी नेपालको नयाँ अध्यक्षमा सिन्धु

काठमाडौं । पौरखी नेपालले आफ्नो नवौं अधिवेशन तथा २४औं वार्षिक साधारणसभाको अवसरमा इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी, वरिष्ठ पत्रकार कुमार यात्रु तामाङलाई सम्मान गरेको छ । आप्रवासन तथा सीमान्तकृत समुदायको आवाजलाई सञ्चारमाध्यामबाट उजागर गरी समाजलाई सशक्तिकरणमा महत्वपूर्ण योगदान पु‍¥याउँदै आएको भन्दै सोको कदरस्वप सम्मान गरिएको पौरखी नेपालले जनाएको छ ।

पौरखी नेपालको रणनीतिक सल्लाहाकार मञ्जु गुरुङले सम्मानित पत्रकार यात्रुको योगदानको चर्चा गर्दै आप्रवासन, आदिवासी जनजाति तथा सुशासनको पक्षमा बिगत तीन दशकदेखि छापा, रेडियो र अनलाइन तथा टेलिभिजन पत्रकारितामा सक्रिय यात्रुलाई सम्मान गर्न पाउँदा संस्थालाई गौरव लागेको बताइन । यात्रुले पत्रकारिता, अनुसन्धान तथा लेखनका माध्यमबाट सामाजिक मुद्दालाई उजागर गर्दै सामाजिक रुपान्तरणको क्षेत्रमा योगदान दिएको चर्चा गरिन ।

सोही समारोहमा सम्मनित यात्रुले पौरखी नेपाल एक आन्दोलनका रुपमा रहेको आफुले बुझेको भन्दै सम्मानले थप थप हौसला र जिम्मेवारीबोध भएको बताए ।

संस्थाकी अध्यक्ष सत्रकुमारी गुरुङको अध्यक्षतामा भएको नवौं अधिवेशन तथा २४औं वार्षिक साधारणसभामा महासचिव सिन्धु अर्यालले संस्थाको गतिविधिसहितको प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।

सो कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको संस्था पौरखी नेपालको सामाजिक परिक्षण पनि भएको थियो । सामाजिक परिक्षणका क्रममा सहभागीहरुले महिला श्रमिकको अधिकार, सुरक्षित वैदेशिक रोजगारी, पुनः एकीकरण तथा सामाजिक न्यायका सवालमा राज्य र सरोकारवाला निकायबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा गुरुङले पौरखी नेपालले वैदेशिक रोजगारीबाट फर्किएका महिला तथा उनीहरूको अधिकार, सम्मान र सामाजिक पुनः स्र्थापनाका सवालमा लामो समयदेखि काम गर्दै आएको बताइन । उनले संस्थाले महिला अधिकार, सुरक्षित तथा मर्यादित श्रम र सामाजिक न्यायका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गरे ।

अधिवेशनले सिन्धु अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवक्ता कृष्ण न्यौपानेको संयोजकत्वमा गठन भएको निर्वाचन समितिका अनुसार पौरखी नेपालको नयाँ कार्य समितिको सचिवमा निर्जला भट्टराई, कोषाध्यक्षमा राजु गुरुङ र सदस्यहरुमा सुशीला राना, सुनिता लामिछाने गुरुङ, दुर्गा पोखरेल र निर्मला गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा