सशस्त्र प्रहरी बलद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा सोमबार अन्दाजी साढे ३ बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो ।

पक्राउ पर्नेमा सुनसरी, धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेका छन् । उनीहरूको साथबाट ट्रामाडोल ५८ बक्स, १ हजार ७४० फाइल अर्थात् १७ हजार ४०० क्याप्सुल तथा एक थान स्कुटर समेत बरामद भएको छ ।

च्यासलबाट पक्राउ परेका व्यक्तिहरूको सम्बन्ध, लागूऔषधको स्रोत, वितरण सञ्जाल तथा समूहका अन्य सदस्य’bout थप अनुसन्धानका लागि बरामद लागूऔषध तथा नियन्त्रणमा लिएका व्यक्तिलाई सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी बलद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद