काठमाडौँ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।
जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २४६ रनमा समेटियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए ।
उनले १०६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ९० रनको योगदान गरेका हुन । त्यसैगरी आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।
बलिङतर्फ हङकङका लागि एइजाज खानले ४ विकेट लिए । त्यस्तै यासिम मुर्तजाले २ विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान १र१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनाएको थियो । उसका लागि बाबर हायातले १२७ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ११७ रनको योगदान दिएका हुन । त्यस्तै एहसान ३५ रनमा अविजित रहँदा शाहिद वासिफले ४५ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । जितसँगै हङकङ प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
सम्बन्धित समाचार
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
पिकलबल विश्वकप खेल्ने नेपाली टोली घोषणा
टप एन्ड टी–२० सिरिज : सेमिफाइनल सम्भावना कायमै राख्न जित्नैपर्ने दबाबमा नेपाल
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिड्दै
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई
मलेसियामाथि नेपालको ६ विकेटको जित
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई






