काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक व्यवस्थापन मिलाउन नेपाल आयल निगमका पदाधिकारी र ग्यास उद्योगीलाई निर्देशन दिएकी छन् ।
मन्त्री यादवले काठमाडौं उपत्यकामा एउटा कम्पनीको ग्यास उपलब्ध नभएमा अर्को कम्पनीको ग्यास सिलिन्डरसँग उही मूल्यमा साट्न सकिने व्यवस्था गर्नसमेत निर्देशन दिएकी छन् ।
त्यस व्यवस्थाबाट उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरमार्फत् समेत ग्यास प्राप्त गर्न सक्नेछन् ।
मन्त्रीको सचिवालयका अनुसार बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।
मन्त्री यादवले उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सृजना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने स्पष्ट पारेकी छन् ।
सम्बन्धित समाचार
नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द
बाढीपहिरोमा बेपत्ता मानिसको खोज तथा उद्धारमा जुट्न चीनका राष्ट्रपति सी जिनपिङको निर्देशन
उद्धारमा जाने निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
संसद बैठक चलिरहेका बेला ढले सांसद खड्का
युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ






