३ हजार ४०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

आज सुन प्रतितोला ३ हजार ४०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा तीन हजार ४०० रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रति दश ग्राम २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम २ लाख ५९ हजार २६० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ४१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी आज प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’