भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो।
ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जानकारी दिए।
यसैबीच, जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य र सूर्यविनायक नगरपालिका-३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पक्राउ गरिएको छ।
सर्लाहीको बरहथवा नगरपालिका-७ का साहले प्रतिसिलिन्डर रु. दुई हजार ८०० मा बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो।
उनको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डर जफत गरिएको छ।
सम्बन्धित समाचार
टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट
तादीखोलामा एक्रोब्रिज जडान तीब्र
चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व
स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग
नमूना बस्ती पहिरोको उच्च जोखिममा
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो






