काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा र नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपदबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसमा काठमाडौं प्यबसनबाट ४ करोड रुपैयाँ समावेश छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो । करिब ३३ वर्षको इतिहास बोकेको प्याब्सनले विपद्को समयमा राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले १२ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
अधिकारीले सदस्य विद्यालयहरूले नियमित सञ्चालन खर्च, शिक्षक-कर्मचारीको दायित्व तथा राज्यलाई बुझाउनुपर्ने कर व्यवस्थापन गर्दै उत्साहपूर्वक सहयोग गरेको बताए । अपेक्षा गरिएभन्दा बढी रकम संकलन भएको भन्दै उनले सहयोगको विवरणलाई पारदर्शी बनाइएको जानकारी दिए ।
सम्बन्धित समाचार
चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित
११ जलविद्युत् आयोजनाका ८९८ अझै सम्पर्कविहीन
रसुवा बाढी पीडितलाई सिन्धुली कारागारका कैदीबन्दीको सहयोग
शव व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छः कुलमान घिसिङ
बेलीब्रिज र फरेन्सिक टोलीसहित चीनको तेस्रो खेप सहयोग
भोटेकोशी बाढीपीडितका लागि युरोपको ट्रिप इन होटल समूहले दियो ५१ लाख रुपैयाँ
सशस्त्र प्रहरीमा ठूलो संख्यामा खुल्यो नयाँ भर्ना
रोलिङ नेक्सस २३औँ वर्षमा प्रवेश, मानव संसाधन क्षेत्रमा सेवा विस्तार






