राजविराज । उच्च अदालत बार एशोसिएशन राजविराजको अध्यक्ष पदमा बृहत गणतान्त्रिक, लोकतान्त्रिक तथा प्रगतिशील समुहका बलराम प्रसाद सिंह निर्वाचित भएका छन ।
आइतवार बिहान घोषित परिणाम अनुसार सिंह १ सय १८ मत ल्याई निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्दी बृहत प्रजातान्त्रिक समुहका नविनकुमार सिहले ७१ मत प्राप्त गरे । यस्तै अध्यक्ष पदका अर्का स्वतन्त्र उम्मेदवार देवबहादुर कटुवालले ७ मत मात्र ल्याई तेश्रो स्थानमा सिमित भए ।
यस्तै उपाध्यक्ष पदमा बलराम सिंह नेतृत्व कै प्यानलका विनोद बहादुर पाण्डे, सचिवमा पार्वती कुमारी जोशी, सह सहसचिवमा अस्मिता थापा र कोषाध्यक्षमा भोगी लाल यादव निर्वाचित भएका छन ।
कोषाध्यक्ष पदमा भोगी लाल यादव तथा बृहत प्रजातान्त्रिक समुहका उम्मेदवार उपेन्द्र यादव दुबैको मत गन्दा बराबरी अर्थात ९४–९४ भएपछि दुबै समुहका प्रतिनिधीको सहमतीमा गरिएको गोला प्रथाबाट भोगीलाल विजयी भएको निर्वाचन समितिका संयोजक धमेन्द्र यादवले बताए ।
यस्तै कार्य समितीको सदस्यमा बृहत प्रजातान्त्रिक समुहका दिनेश कुमार सिंह, सुरेन्द्र प्रसाद यादव, डा.शिवनारायण यादव तथा बृहत गणतान्त्रिक लोकतान्त्रिक तथा प्रगतिशिल समुहका सतिषकुमार दत्त, दिलिप कुमार यादव, बालकृष्ण कार्की, रामनारायण चौधरी र संंतोष कुमार चौधरी निर्वाचित भएका छन ।
केन्द्रिय पार्षदमा बृहत प्रजातान्त्रिक समुहका नारायण प्रसाद साह, डा.देव नारायण यादव, सुधा देव, अशोक कुमार झा तथा बृहत गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशील समुहका श्याम कुमार पोखरेल, मनोज देव, बालाकृष्ण ढुंगाना, सत्यनारायण साह र अजय कुमार चौधरी निर्वाचित भएका छन ।
शनिवार विहान ९ बजे देखी सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । त्यस पछी मतगणना सुरु भएको थियो । कुल २ सय १७ मतदाता रहेको बारको निर्वाचनमा १ सय ९९ मत खसेकोमा कुल ११ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित समाचार
नारायण अस्पतालवाट शिशु चोरी
अशक्त र ज्येष्ठ नागरिकलाई घरैमा परिचयपत्र नविकरण
अढाई महिनापछि बलात्कार आरोपी पक्राउ
प्रहरी खोरमा नेता, नायक र प्रहरी निरीक्षक
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
अनुशासित र योग्न बनाउन विद्यार्थीलाई नै जिम्मेवारी
अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा
प्रादेशिक अस्पताल कलैयाको एक्सरे ठप्प






