रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।
आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन् । थापागाउँबाट नयाँगाउँडाँडातर्फ जाँदै गरेको भे१ज ३११२ नम्बरको डबल क्याब जिप अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।
्घाइतेमध्ये १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा र आठ वर्षीय युवराज थापाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक गिरीले बताए । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ ।
त्यस्तै, २५ वर्षीया हिरा थापा, आठ वर्षीय गौरव थापा र चार वर्षीया विरता थापाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २३ वर्षीया सुशीला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २० वर्षीया रमिता ऐरी, १९ वर्षीया निर्मला ऐरी र २७ वर्षीया खिममाया थापाको अवस्था सामान्य रहेको छ । उनीहरूको पनि नगर अस्पताल राडीमा उपचार भइरहेको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईँको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । जिप चालक २५ वर्षीय प्रदीप विक रहेको प्रहरीले जनाएको छ । जिपमा सवार सबै आठविसकोट नगरपालिकाका हुन् । घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
सम्बन्धित समाचार
‘अर्नब’को प्रभाव : कञ्चनजंघा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
आज काग तिहार पर्व मनाइँदै, यस्तो छ शास्त्रीय मान्यता
भाडामा यात्रु बोक्ने मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
ब्राजिलमा चौथो कार्यकालका लागि लुलाको जित, प्रतिद्वन्द्वी बोल्सोनारोद्वारा पराजय अस्वीकार
सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
प्रधानमन्त्री बालेनलाई कांग्रेस सभापति गगनको जवाफ: ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’





