क्यालेन्डरमा नेपाल ई-स्पोर्ट्स लिग

काठमाडौँ । ई स्पोर्ट्स संघ नेपाल (ईशान)ले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनिक गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमलाई समावेश गर्दै ईशानले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनिक गरेको हो ।

आइतबार सार्वजनिक गरिएको कार्यक्रममा लिग ढाँचाको नेपाल ई स्पोर्ट्स लिगको घोषणा गरिएको छ । करिब तीन महिना चल्ने लिग समय तालिका राखेर संघले ई स्पोर्ट्सको लिग प्रतियोगिताको घोषणा गरेको हो ।

यस्तै पब्जी मोबाईल ग्लोबल ओपन साउथ एसियन च्याम्पियनसिप भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने तालिकामा दशौं राष्ट्रिय खेलकुदलाई समेत ई स्पोर्ट्सको क्यालेन्डरमा समावेश गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक ई स्पोर्ट्स खेललाई आधिकारिक खेलको रुपमा समावेश गरिएको छ ।

यस्तै पुसमा ईन्टर कलेज च्याम्पियनसिप र माघदेखि चैतसम्म नेपाल ई स्पोर्ट्स लिगको समय तालिका राखिएको छ । संघका सचिव आशिष दाहालले वर्षभरी ई स्पोर्ट्स गतिविधिलाई सञ्चालन गर्ने उद्देश्यका साथ क्यालेन्डर समावेश गरिएको बताए ।

‘नेपालको ई स्पोर्ट्सलाई व्यवसायिक र व्यवस्थित बनाउने उद्धेश्य सहित लिग संरचनाको प्रतियोगिता घोषणा गरेका छौं । यसले नेपालको ई स्पोर्ट्समा नयाँ आयाम थप्ने विश्वास संघले लिएको छ ।’ सचिव दाहालले भने ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

क्यालेन्डरमा नेपाल ई-स्पोर्ट्स लिग