ताप्लेजुङ गोल्डकपः फिदिम स्पोर्टिङ क्लव फाइनलमा

पाँचथर । पाँचथरको फिदिम स्पोर्टिङ क्लव, ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी चौँथो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण एक्ट्रिम इनर्जी ड्रिङ्क ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

भानु जनमाविको खेलमैदानमा बुधबार भएको प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा झापा ११ फुटबल क्लवलाई १–० को झिनो अन्तरले पराजीत गर्दै फिदिम स्पोर्टिङ फाइनल प्रवेश गरेको हो । फिदिमको लागि खेलको २४औं मिनेटमा सुशन जबेगुले गोल गरेका थिए । अब फिदिम स्पोर्टिङले उपाधिका लागि शुक्रबार प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन सलहेश युथ क्लव सिराहा सँग खेल्नेछ ।

लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपैंयाँ र उपविजेताले नगद ३ लाख ५२ हजार ८३ रुपैंयाँ प्राप्त गर्ने लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

ताप्लेजुङ गोल्डकपः फिदिम स्पोर्टिङ क्लव फाइनलमा