प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन् । आज (सोमबार) बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सिंहदबारमा बालेनले राखेको बैठकमा तामाङ पनि सहभागी भएका थिए ।

बैठकलगत्तै उनलाई सिंहदरबारबााट पक्राउ गरिएको हो । अरुण अर्यालको जाहेरीले तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो ।

प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको उक्त मुद्दामा तामाङलाई पक्राउ गर्नका लागि सोही वृत्तले अनुमति मागेको र सोहीबमोजिम पक्राउ परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।

हिजोमात्र काठमाडौं जिल्ला अदालतबाट प्रहरीले तामाङलाई पक्राउ गर्न अनुमति लिएको थियो । ४३ वर्षीय तामाङ काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि नामक कम्पनी चलाउँथे ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

epaper

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने