काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्।
भ्रमणका क्रममा उनले नेपाल–भारत सहकार्य र भोटेकोसी विपद्पछिको पुनर्निर्माण’bout छलफल गर्नेछन्। सरकारी स्रोतका अनुसार अर्थमन्त्री वाग्ले असोज १ र २ गते भारत भ्रमणमा रहनेछन्।
भारत रहँदा उनी द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने उनले भारतका विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता तथा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन पनि गर्ने जनाइएको छ।
तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)
सम्बन्धित समाचार
भोटेकोशी बाढी सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
नमूना बस्ती पहिरोको उच्च जोखिममा
अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार






