काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिका कांग्रेस सभापति गगन थापाका कान्छा ससुरा धनञ्जय नरसिंह केसी र केन्द्रीय सदस्य मधु आचार्यका सालो डा. राजन पन्तले कब्जा गरेका छन् । महामन्त्री प्रदीप पौडेलको गोप्य पत्रलाई आधार बनाएर निर्वाचित कमिटीलाई जिम्मेवारी हस्तान्तरण नगरी संगठन केसी र पन्तले मुठ्ठीमा राखेको बताइएको छ ।
मूल नेतृत्वलाई नै असफल बनाउने र बद्नाम गर्ने ससुरा केसी र सालो पन्तको अवान्छित गतिविधिले यतिबेला कांग्रेस वृत्तमा राम्रै चर्चा पाएको छ । यो विवादले संस्थापनइतरलाई उत्साहित बनाएको छ ।
महाधिवेशन प्रतिनिधि छनोटमा निर्वाचित कमिटीलाई गुम्राहमा राखेर केसी र पन्तले गरेको अपरादर्शी गतिविधि’bout छलफल गर्न गत आइतबार बैठकसमेत बसेको थियो । बैठकमा उपाध्यक्षहरु सञ्जीव श्रेष्ठ, नीमा बमजन, लक्ष्मी कार्की, महेन्द्र बस्नेत, हरि शर्मा र श्रीराम थापाले पन्तलाई र्याखर्याख्ती पारेका थिए । केन्द्रीय कार्यालयले अधिकार प्रत्यायोजन गरेर पठाएको पत्र देखाउन र महाधिवेशन प्रतिनिधि छनोटका विधिलाई लिएर कार्यसमितिका पदाधिकारीले पन्तलाई प्रश्न गरेका थिए ।
आफ्नो हस्ताक्षरबाट एकजना पनि गलत मान्छे महाधिवेशनमा नजाने भन्दै पन्त उम्किएका थिए । नवनिर्वाचित नेतृत्वलाई बाइपास गरेर केसी र पन्तले नगदमा महाधिवेशन प्रतिनिधि चयन गरेको को प्रमाण छताछुल्ल छ । केन्द्रीय सदस्य मधु आचार्यको सिफारिसमा काभ्रेका दुईजनाको नाम प्रतिनिधिका रुपमा चर्चामा छन् । विजन पन्तको दाजुसमेत रहेका डा. पन्तले बद्लिएको कांग्रेसको आभास दिने बैठकमा बताएका थिए । विजन तिनै व्यक्ति हुन्, जसलाई माओवादीले बेलायतका लागि राजदूतमा सिफारिस गरेको थियो ।
यता, समितिका सभापति मुनेन्द्र नेम्वाङमाथि निर्वाचन प्रक्रियामा अनियमितता गरेको, बाढीपीडितका नाममा संकलित रकम व्यक्तिगत खातामा जम्मा गर्न लगाएको र नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा आर्थिक चलखेल गरेको गरेको प्रश्न उठेपछि छलफल गर्न बैठक बोलाइएको हो ।
लामो समयपछि भएको नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनबाट नेम्वाङ सभापति निर्वाचित भएका थिए। तर, उनको निर्वाचन प्रक्रिया विवादमुक्त हुन सकेन। निर्वाचनका क्रममा उम्मेदवारको नाममा ‘टिपेक्स’ प्रयोग गरी मत प्रभावित पारिएको र नेपालबाट दबाब दिएर निर्वाचन परिणाम प्रभावित पारिएको दाबी गरिएको छ।
त्यसैगरी, नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको नेतृत्वमा अमेरिका पुगेको प्रतिनिधिमण्डलले पार्टीको विधि–विधानविपरीत हस्तक्षेप गरेको आरोप पनि समितिभित्र उठेको छ। उक्त हस्तक्षेपमार्फत उपसभापति विश्वप्रकाश शर्मानिकट मानिएका नेम्वाङलाई सभापति बनाउन भूमिका खेलिएको आरोप लगाइएको छ। यी आरोप’bout सम्बन्धित पक्षको स्पष्ट आधिकारिक धारणा सार्वजनिक भएको छैन।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अमेरिकाबाट सहभागी हुने १५ जना महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको छनोटलाई लिएर विवाद चर्किएको छ।
कान्छा ससुरा केसी र सालो पन्त संलग्न समूहले एक जना महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५ सय अमेरिकी डलरको ‘दरभाउ’ तोकिएको दाबी गरेका छन्। एनआरएनएका पूर्वआईसीसी सदस्य रविना थापा, विश्व सञ्जाल २।० का विष्णु सुवेदी, राम मिश्र, पूर्वराष्ट्रपति डा। रामवरण यादवका छोरा चन्द्रशेखर यादव तथा नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष दिनेश भण्डारीले प्रतिव्यक्ति २ हजार ५ सय डलरका दरले रकम बुझाइसकेको दाबी गरिएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो क्षति भएपछि नेपाली जनसम्पर्क समिति अमेरिकाले राहत संकलन अभियान सञ्चालन गरेको थियो। समितिका विभिन्न राज्यस्थित च्याप्टरलाई राहत संकलन गर्न सभापति नेम्वाङले निर्देशन दिएको बताइएको छ।
तर, संस्थागत प्रयोजनका लागि संकलन गरिएको राहत रकम समितिको आधिकारिक खातामा जम्मा नगरी नेम्वाङको व्यक्तिगत खातामा पठाउन लगाइएको आरोप लागेको छ। राहत रकम व्यक्तिगत खातामा जम्मा गरिएको हो भने त्यसले संस्थाको आर्थिक पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ ।
तर, राहत अभियानबाट कति रकम संकलन भयो, कुन च्याप्टरले कति रकम उठायो, रकम कुन खातामा जम्मा भयो, कति खर्च भयो र पीडितसम्म कति रकम पुग्यो भन्ने विवरण सार्वजनिक गरिएको छैन। नेम्वाङ समितिको महासचिव रहेका बेला कोरोनाकालमा समेत ठूलो परिमाणमा अमेरिकी डलर संकलन गरी हिनामिना गरेको आरोप लगाइएको छ।
सम्बन्धित समाचार
बाढी प्रभावित परिवार भेट्न युएईवाट नेपाल फर्कन चाहनेले विवरण दर्ता गराउन आग्रह
दोस्रो चरणमा चीनले नेपाल पठाएको राहत सामग्रीमा के के छ ?
ग्यास संकट टार्न प्राथमिकतामा घरायसी उपभोक्ता
बाढीमा ज्यान गुमाएकाको सम्झनामा बेलायतमा दीपप्रज्वलन
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय लैजाने विधेयक पारित
कृष्णभीरमा ट्र्याक खोल्न थालियो
जसपा नेपालले पाँच प्रदेशसभा सदस्यसहित स्थानीय तहका दुई दर्जन जनप्रतिनिधिमाथि चलायो कारबाहीको डन्डा
प्रधानमन्त्री बालेन राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने






