कार्यदलको प्रतिवेदनमा छलफल गर्न एमाले नेताहरु गुन्डुमा

काठमाडौं । एमाले कार्यदलको प्रतिवेदन टुंगो लगाउन गठित सम्पादन समितिका नेताहरू अध्यक्ष ओलीको निवास गुन्डूमा पुगेका छन् । पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेताहरू गुन्डु पुगेका हुन् ।

एमाले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको खण्डनमा कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन तयार पारेका छन् । अलग–अलग प्रतिवेदन तयार भएपछि कार्यदलले उपाध्यक्षहरू थापा र विष्णुप्रसाद पौडेल र महासचिव पोखरेल रहेको सम्पादन समिति बनाएको छ ।

यो समितिलाई २ प्रतिवेदन र नेताहरुको अभिमत थपेर मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको छ । आजसम्म समय पाएका नेताहरू मस्यौदा’bout परामर्श लिन गुन्डु पुगेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

बाराका प्रजिअ अधिकारीको प्रतिबद्धता : शान्ति सुरक्षा, सुशासन र तस्करी नियन्त्रणमा जोड