तारेख लिन आएका ब्यक्तिमाथि अदालत परिसरभित्रै आक्रमण

राजविराज । तारेख लिन आएका एक ब्यक्तिलाई अदालत परिसरभित्रै कुटपिट, लछाडपछाड तथा घिर्सादै बाहिर निकाली अभद्र ब्यवहार गरिएको छ ।

प्रहरीले सो घट्नामा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका १ का ३३ वर्षिय मुकेश यादव र ३१ वर्षिय कर्णजीत यादव छन ।

बुधवार विहान ११ बजेतीर अंगभंग मुदामा तारेख लिन राजविराज स्थित सप्तरी जिल्ला अदालत पुगेका सोही पालिकाका ६० वर्षिय रामपुकार यादवलाई अदालत परिसर भित्रै लछाड पछाड, कुटपीट तथा घिर्सादै बाहिर निकालेको आरोपमा अनुसन्धानका लागी उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जानकारी दिए ।

अदालत परिसर भित्रै भएको उक्त घट्ना सिसीटीभी क्यामरामा पनि कैद भएको छ । सोको फुटेज पनि नियाल्ने काम भइरहेको प्रवक्ता घिमिरेको भनाई छ ।

घट्नाका वेला त्यही रहेका कानुन व्यवसायी सुजित पोखरेलले न्यायको मन्दिरमा यसरी खुलेआम एक ब्यक्तिमाथि आक्रमण हुनु गम्भीर विषय भएको बताए । कानुन हातमा लिने जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई छ ।

रामपुकारका छोरा श्यामनन्दनले आफ्नै आखाँ अगाडी बुआमाथि आक्रमण भएको बताए । बुआलाई तारेख लिनबाट रोक्न यसरी आक्रमण भएको उनले सुनाए । उनले अंगभंग मुद्दा दिने विपक्षीहरुबाट बुआमाथि आक्रमण भएको स्पष्ट पार्दै अदालतभित्र भएको उक्त घट्नाको उच्चस्तरीय छानवीन गरी दोषीमाथी कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

चिलिमेमा ४ र अप्पर त्रिशूलीमा ५ शव भेटिए