रौतहट । नीम करौली बाबाको जीवनमा आधारित फिल्म ‘हनुमान अंश’ पछिल्लो समय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरिरहेको छ । करिब २ करोड रुपैयाँको सामान्य बजेटमा निर्माण भएको यो फिल्मले अहिले ठूला बजेटका फिल्मलाई समेत कमाइमा पछाडि पारिरहेको छ ।
७ अगस्टमा सिनेमाघरमा रिलिज भएको फिल्मले प्रदर्शनको ४१औँ दिनसम्म पनि आफ्नो कमाइको गति कायम राखेको छ । सप्ताहन्तमा मात्र नभई कार्यदिनमा समेत फिल्मले दर्शक तान्न सफल भइरहेको जनाइएको छ ।
शोभिनव सत्य अभिनीत यो फिल्म नीम करौली बाबाको जीवनमा आधारित रहेको छ । फिल्मको सुरुवाती व्यापार भने निकै कमजोर थियो । पहिलो साता ‘हनुमान अंश’ले जम्मा १ करोड ८ लाख रुपैयाँको व्यापार गरेको थियो ।
दोस्रो सातामा पनि फिल्मको व्यापार ओरालो लाग्यो । उक्त अवधिमा फिल्मले करिब ४० लाख रुपैयाँ मात्रै कमाउन सकेको थियो । त्यसपछि भने फिल्मको व्यापारमा अप्रत्याशित उछाल आएको हो ।
तेस्रो सातामा फिल्मले १० करोड ४० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको बताइएको छ । चौथो सातामा पनि यसको व्यापार ६१ करोड रुपैयाँभन्दा माथि पुगेको दाबी गरिएको छ ।
प्रदर्शनको ४१औँ दिनमा समेत फिल्मले उत्साहजनक व्यापार गरेको छ । भारतीय बक्स अफिससम्बन्धी तथ्यांक सार्वजनिक गर्ने सैकनिल्कको रिपोर्टअनुसार ४१औँ दिनमा ‘हनुमान अंश’ले करिब ४ करोड ८ लाख रुपैयाँ कमाएको छ ।
सामान्य बजेटमा निर्माण भएको फिल्मले लामो समयसम्म हलमा दर्शक तान्दै निरन्तर कमाइ गरिरहनुलाई चलचित्र क्षेत्रमा अप्रत्याशित सफलताका रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार
‘लोकबहादुर गुरुङ स्मृति सम्मान’ गायक गुरुङलाई
‘मिर्जापुर: द मुभी’ ले पहिलाे दिनमा नै कमायाे गज्जब
वीणा जोशीकाे ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार
नयाँ पुस्ताले सम्झिए योगेश वैद्य
प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह
विपद्को पीडामा खल्लो बन्दै तीज
महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक






