बझाङ । जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको प्रहरीले जनाएको छ।
पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङ पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियोमा देखिएको पशुपन्छीप्रतिको निर्दयी व्यवहार’bout अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा रोकायाको संलग्नता खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले रोकायालाई असोज १ गते साँझ पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)
सम्बन्धित समाचार
अवरुद्ध कर्णाली राजमार्ग ५ बजेसम्म खुल्ने
मुगुमा ३ घण्टाको फरकमा २ पटक भूकम्पको धक्का
बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५६ पुग्यो, ४ हजार ९९४ अझै बेपत्ता
करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
राहत कोषमा प्याब्सनको १२ करोड सहयोग, काठमाडौं प्यबसनबाट ४ करोड रुपैयाँ
हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन
भिडियो निर्माणदेखि विज्ञापन व्यवस्थापन र उपभोक्ता प्रतिक्रिया विश्लेषणसम्म एउटै प्लेटफर्ममा






