काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।
जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढी बनेपा र पाँचखाल नगरपालिकामा सङ्क्रमित भेटिएका छन् । बनेपामा १३ र पाँचखालमा १३ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमित थपिएका छन् । तीमध्ये पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका एक–एक जना रहेको पुडासैनीले बताए ।
जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठका अनुसार धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु सङ्क्रमित भेटिएका छैनन् ।
अघिल्लो आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । मनसुनका समयमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष सङ्क्रमण फैलिन नदिन सचेतना र सरसफाइ अभियानलाई प्राथमिकता दिइएको सूचना अधिकारी श्रेष्ठले बताए ।
डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर, आँगन तथा ’round पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ । ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन कार्यालयले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
दुई जनाको जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालियो
संयुक्त राष्ट्रसंघले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
रसुवाको टिमुरेस्थित सिमानामा नेपालको झण्डा राखियो
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
रसुवा बाढीबाट सिक्नुपर्ने पाठ






