काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् ।
साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन् ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
पार्टी एकताका लागि त्याग गर्न तयार रहेको कोइरालाको सन्देश
उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव हुने अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
उद्योगमन्त्रीमा सुनसरीका साह सिफारिस
अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा पराजुली नियुक्त
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पदाधिकारी, सदस्य र प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन सर्कुलर
अमरेशकुमारको अभिव्यक्तिवारे कांग्रेस सांसदले मागे सरकारको जवाफ
बाढीपछि सरकारले युद्धस्तरमा काम गरिरहेको छ : लामिछाने
कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी






