राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको हो ।

उनी एक कार्यक्रमका लागि बेदबारी पुगेका थिए । उनलाई जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

उनलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो । साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए । साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको पनि उनले प्रष्ट पारे ।

उनले भने, ‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ । आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने छ ।’

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ