धनगढी । धनगढी उपमहानगरपालिकामा यही असोज ८ गतेदेखि जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
जेई संक्रमणको जोखिम बढेपछि उपमहानगरका १९ वटै वडामा असोज ८ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई जेईविरुद्धको खोप लगाइनेछ ।
उपमहानगरले लक्षित उमेर समूहका १ लाख ३ हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।
उनका अनुसार धनगढीमा हालसम्म जेईका तीन जना संक्रमित फेला परिसकेका छन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अभियान सञ्चालन गर्न लागिएको हो ।
खोप अभियानका लागि उपमहानगरका १९ वटै वडामा १२४ वटा खोप केन्द्र स्थापना गरिएको छ । अभियान सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको स्वास्थ्य शाखाले जनाएको छ ।
मंगलबार भलमन्सा तथा सरोकारवाला निकायसँग अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन छलफलसमेत गरिएको थियो । खोप स्वास्थ्य कार्यालय कैलालीमा आइसकेको र सम्बन्धित खोप केन्द्रमा पठाउने तयारी भइरहेको उपमहानगरले जनाएको छ ।
सम्बन्धित समाचार
धनगढीमा सर्प उद्धार अभियान : ३ वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
धनगढीमा टोल, चोक र सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
कोहलपुरबाट कैलाली आउँदै गरेको माइक्रोमा गुडिरहेकै अवस्थामा आगलागी
गुप्तरचरका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
तारेख लिन आएका ब्यक्तिमाथि अदालत परिसरभित्रै आक्रमण
धनगढी उपमहानगरले १२ वटा वडाका किसानलाई गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने






