काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गरेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताए । यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लनेक्रम बढीरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उनको भनाइ थियो ।
महासचिव गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिएका थिए । उनले नेपालको भोटेकोशी बाढीजस्ता विपद्ले जलवायुजन्य समस्यालाई वास्तविकतामा परिणत गरेको स्पष्ट पारे ।
‘तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ,’ उनले थपे, ‘त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ ।’
महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय नभई वर्तमानको वास्तविकता बनिसकेको स्पष्ट गर्दै विश्वव्यापी कार्वन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै यसको ठूलो मूल्य चुकाइरहेको उल्लेख गरे ।
उनले जलवायु न्यायको आवश्यकता औँल्याउँदै प्रदूषण गर्नेहरूले नै त्यसको मूल्य तिर्नुपर्ने र जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकले क्षतिपूर्तिस्वरुप न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने धारणा व्यक्त गरे ।
‘जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम छैन । विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी आफूले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछु,’ गुटेरेसले भने, ‘जलवायु अनुकूलन वित्तलाई तीन गुणा वृद्धि गर्न र हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्न आह्वान गर्दछु ।’
सम्बन्धित समाचार
आजको संसद बैठकमा रास्वपा सभापति लामिछानेले सम्बोधन गर्ने
ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?
प्रसारण लाइनको तार छुँदा घाइते भएकी बालिकालाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति
रावल आयोगले औंल्याएका जग्गा सरकारको नाममा कायम गर्ने निर्णय
भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय
भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता, कुन देशका कति ?
सशस्त्रद्वारा पश्चिम नवलपरासीबाट ८० लाख बढीको मोबाइल पार्ट्स् बरामद






