बाढीबाट मृत्यु भएकाको डिएनए जाँचमा चिनियाँ प्रविधि र वैज्ञानिकको सफलता

काठमाडौं । रसुवा–भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरुको अंग अवशेषबाट शव पहिचान गर्न चीनियाँ प्रविधि र वैज्ञानिक टोलीले गरिरहेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)मा नेपाली वैज्ञानिकहरुलाई समेत साथ लिएर चीनियाँ टोलीले गरेको परीक्षण (डीएनए प्रोफाइलिङ)ले अन्य ल्याबको भन्दा निकै छिटो र गुणस्तरीय नतिजा दिइरहेको बताइएको छ ।

चीन सरकारले उपलब्ध गराएको अत्याधुनिक उपकरण र चिनियाँ विशेषज्ञहरुको टोलीले गरेको परीक्षणमा हालसम्म ८०५ वटा हड्डी नमूना प्राप्त भएको र ७९८ वटा परीक्षणको क्रममा रहेको जानकारी गराईएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चीनियाँ राजदूत चाङ माओमिङको उपस्थितिमा चीनियाँ तथा नाष्टमा कार्यरत नेपाली वैज्ञानिक टोलीले गरेको कामको रिपोर्टिङ गरिएको हो ।

ल्याबमा प्राप्त भएका अवशेषबाट ५२२ वटाको परीक्षण भइसकेको र ४१९ वटाको परीक्षण नतिजा (डाटा) अन्तिम चरणमा रहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलले जानकारी दिए । बुधबार मन्त्री पुन तथा राजदूत माओमिङको उपस्थितिमा रिपोर्ट प्रस्तुत गर्दै ल्याबको अवलोकन समेत गरिएको हो । प्रयोगशाला अवलोकनका क्रममा खुमलटाल पुगेका मन्त्री पुनले बाढीबाट आफन्त गुमाएका परिवारलाई शवको कुनै अवशेषबाट मात्रै भए पनि पहिचान गर्न सक्दा समेत आत्म शान्ति हुने भएकाले यस कार्यमा भएको चीनियाँ सहयोगको प्रशंसा गरे ।

नेपालका लागि चिनियाँ राजदूत माओमिङले विपतका क्रममा चीनले नेपाललाई सक्दो सहयोग गरेको बताउँदै चीनियाँ प्रविधि र उपकरणक मार्फत दीर्घकालीन सहकार्य र सहयोगको सम्बन्ध विकास भएको बताए । राजदूत माओमिङले नेपालको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नास्टसँग सहकार्य गरेर प्रविधिमार्फत विभिन्न कठिनाइ हल गर्नेतर्फ सहकार्य हुने विश्वास व्यक्त गरे ।

राजदूत माओमिङले नाष्टका वैज्ञानिकहरुलाई प्रविधि र उपकरणसंग अभ्यस्त गराउँदै कार्यरत चिनियाँ डीएनए तथा फरेन्सिक विशेषज्ञहरुलाई धन्यवाद दिएका छन् ।

चीन सरकारले नेपालमा बाढीका कारण ठूलो संख्यामा नागरिकहरु हताहत भएसँगै डिएनए परीक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि बाढीलगत्तै नास्टलाई उपलब्ध गराएको थियो । चीनले उपलब्ध गराएका प्रविधि र उपकरण तथा वैज्ञानिकहरुका कारण शवको डीएनए परीक्षण गर्न धेरै सहयोग मिलेको प्रवक्ता पौडेलले बताए ।

फरेन्सिक जाँचको वैधानिक अधिकार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबलाई मात्र भएको वैधानिक अवस्था जानकारी दिँदै प्रवक्ता पौडेलले ७० देखि ८० प्रतिशत परीक्षण भने नाष्टको ल्याबमा भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

न्युयोर्कबाट प्रधानमन्त्री बालेनको सन्देश : तीन दिनसम्म विशेष सतर्कता अपनाऔं