हुम्ला । जडीबुटी संकलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन् ।
सिमकोट गाउँपालिका–२ ठेहेगाउँका उनीहरू २८ भदौमा जडीबुटी संकलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पेखोला जंगलतर्फ गएका थिए । ८ असोजदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यस’bout आफन्तले प्रशासनलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार सोमबार दशै जना सकुशल सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा धनमानसिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
पोखरामा जग्गाको कित्ताकाट खुल्यो
सर्लाहीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
जलवायु संकटविरुद्ध साझा संकल्प खोज्दै घरपझोङ
नगरपालिकावाट २० हजार बोरा सिमेन्ट र ५ सय बण्डल पाइप गायब
भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर
भोटेकोशी बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी
भारी वर्षाको प्रक्षेपणपछि काभ्रेका विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता




