काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार, रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५१ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३ सय ८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ५ जनालाई राखिएको छ ।
सम्बन्धित समाचार
अटो दुर्घटनामा आमाछोरीको मृत्यु
रसुवा बाढीको १९ दिनपछि फलाखु खोलामा फड्के र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल
सर्लाहीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
समाज कल्याण परिषद्ले आफ्नो नाममा रहेका जग्गा, जमिनलगायतका सम्पत्तिको खोजबिन गर्न समिति गठन गर्ने
फैसला र सरकारी निर्देशनविपरित जग्गा कब्जा
भोटेकोशी बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी






