कालिकोट । खाँडाचक्र नगरपालिकामा गैरसरकारी संस्था (एनजिओ) हुरेन्डेक नेपालले हस्तान्तरण गरेको भनिएको २० हजार बोरा सिमेन्ट र ५ सय बण्डल पाइपको विवरणमाथि प्रश्न उठेको छ ।
अख्तियारले खोज्यो प्रमाण
नगरपालिकालाई हस्तान्तरण गरिएका भनिएका निर्माण सामग्री कहाँ छन् भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न सोधेको छ ।
संस्थाले नगरपालिकालाई उपलब्ध गराएको भनिएको ठूलो परिमाणको सिमेन्ट र पाइपको वास्तविक अवस्था, भण्डारण तथा प्रयोग’bout स्पष्ट विवरण सार्वजनिक नभएको आरोप लागेको छ । यस विषयमा अख्तियारले नगरपालिकासँग सामग्री प्राप्ति, वितरण र प्रयोगसम्बन्धी विवरण मागेको छ ।
२०८¬¬–०८२ मा जलपरियोजनाको कार्यक्रम सकिएपछि गोदाममा बचेको २० हजार बोरा सिमेन्ट र ५ सय वण्डल पाइप साझेदार संस्था हुरेन्डेक नेपाल मार्फत खाँडाचक्र नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा उबेलाका काबा नगरप्रमुख नन्दबहादुर मल्ललाई बुझाएको थियो ।
यस बिषयमा अध्यक्ष मल्लले मेयरले कागजमा साइन गर्नु भनेपछी आफुले स्ताक्षर गरेको बताएका छन । उनले भने के बिषय हो मलाई थाहा थिएन अंगेजीमा लेखेको थियो मेयरले साइन गर्नु भनेपछी गरे । पछी थाहा भयो सिमेन्ट र पाइप रहेछ, पछी बुझेको समानको ’boutमा मेयर संग बुझ्दा वडामा उपभोक्तालाई बाँढिसकेको बताए ।
अझ यस बिषयमा मेयर कमलबहादुर शाहीले केही सामान सडेको र केही सामान आफुले वडा मा सामान बाढि सकेको बताएका छन । उनले सामान बाँढेको बताएपनी यसको भरपाई नगर वा वडा संग भने छैन ।
ठुलो परिमाणमा साम्रगी नगरले बुझेको तर, का कसरी उपयोग भयो भन्ने ’boutमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी आयोगले प्रतिकृया सहित प्रमाणित कागजात माग गरेको छ ।
हुरेन्डेक नेपालले नगरपालिकालाई २० हजार बोरा सिमेन्ट र ५ सय बण्डल पाइप कहिले हस्तान्तरण गरेको हो ? उक्त सामग्री हस्तान्तरण भएको प्रमाण, सम्झौता र बुझिलिएको कागजात कहाँ छ ? नगरपालिकाले सामग्री कुन शाखा वा जिम्मेवार कर्मचारीको जिम्मामा राखेको थियो? सिमेन्ट र पाइप कहाँ भण्डारण गरिएको थियो ?
अहिले भौतिक रूपमा कति बाँकी छ ?सामग्री कुन योजना, वडा वा उपभोक्ता समितिलाई कति परिमाणमा वितरण गरियो ? वितरण गरिएका सामग्रीको भरपाई, स्टोर दाखिला र स्टोर निकासा विवरण कहाँ छ ?
सामग्री प्रयोग भएको योजनाको अनुगमन तथा प्राविधिक मूल्यांकन गरिएको छ कि छैन ? सामग्रीको अभिलेखमा फरक देखिएमा जिम्मेवार पदाधिकारी तथा कर्मचारी को हुन भन्ने बिषयमा आम नागरिकले समेत प्रश्न गरेका छन् ।
सम्बन्धित समाचार
ईनिशा विक हत्या प्रकरण : ३ बालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश
नमूना बस्ती पहिरोको उच्च जोखिममा
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु
सुनको मूल्य आठ हजार ८०० रुपैयाँले गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
रुसद्वारा इरानलाई सुपरसोनिक मिसाइलमा सघाएको खुलासा
कांकडभिट्टामा गोप्रो क्यामेरा जडान
मलेसियामाथि नेपालको ६ विकेटको जित
उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने मन्त्रिपरिषदको निर्णय






