एक महिनामा भित्रिए ८८ हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा ३० हजार ८५ पर्यटक नेपाल आएका हुन् । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल भित्रिएका छन् ।

यसबाहेक श्रीलंकाबाट सात हजार १०८, बंगलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानीस्तानबाट आठ पर्यटक नेपाल भित्रिएका छन् ।

अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन् । चीनबाट ११ हजार २१२, जापानबाट दुई हजार ६६, दक्षिण कोरियाबाट एक हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ पर्यटक नेपाल भित्रिएका हुन् ।

युरोपेली मुलुकबाट १५ हजार १४८, ओसियाना मुलुकबाट पाँच हजार ४२२, अमेरिकी मुलुकबाट १० हजार १०७, मध्यपूर्व क्षेत्रबाट दुई हजार ६०६ र अफ्रिकाबाट चार हजार ५६८ पर्यटक नेपाल भित्रिएका छन् ।

गत वर्षको सेप्टेम्बर महिनामा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यसवर्ष सेप्टेम्बर महिनामा विदेशी पर्यटकको आवागमन संख्या बढे पनि गत १० भदौको रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण उल्लेख्य पर्यटक भित्रिन नसकेको बोर्डले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

एक महिनामा भित्रिए ८८ हजार विदेशी पर्यटक