काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संसद र समाजमा ‘खुला मञ्च’ को खाँचो रहेको बताएका छन् ।
आईतवारबाट काठमाडौंको खुला मञ्चमा शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संसदको गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति अनिवार्य रहेको बताएका हुन् ।
थापाले संसद अहिले अवरुद्ध र बन्द अवस्थामा रहेको टिप्पणी गर्दै प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने र नगर्ने दुवै पक्षका सांसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए । थापाले केवल संसद मात्र होइन, समाजका विभिन्न तप्कामा पनि संवादको संस्कृति हराएको भन्दै चिन्ता व्यक्त गरे । उनले पहाड र मधेस, जातजाति र धर्मका नाममा हुने टीकाटिप्पणी भन्दा पनि एकले अर्कासँग गर्ने संवाद नै आजको आवश्यकता भएको औंल्याए ।
उनले भने, ‘आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा आवश्यक छन् । सबैभन्दा पहिले, खुला मञ्च संसद्भित्र चाहिएको छ । संसद् त्यतिबेला मात्र साँच्चिकै खुला हुन्छ, जब आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने सबै सांसदप्रति, संसद्को गरिमा र जनताको सम्मानका लागि प्रधानमन्त्रीको उत्तरदायी उपस्थिति रहन्छ । खुला संवादबाटै लोकतन्त्र बलियो हुन्छ ।’
सभापति थापाले डिजिटल प्लेटफर्मको प्रयोगमा पनि प्रश्न उठाए । उनले हालको डिजिटल मञ्चमा तथ्य र तर्कभन्दा केवल प्रतिक्रियात्मक प्रवृत्ति हाबी भएको बताउँदै डिजिटल युगमा पनि तार्किक बहस र तथ्यको सम्मान हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । नागरिक र राज्यबीचको दूरी घटाउन यस्ता मञ्चहरू प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
अध्यक्ष–महासचिव टकराब केन्द्रीय कमिटीमा छताछुल्ल
सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
बालेनलाई अमेरिकी अधिकारीले किन स्वागत गरेनन् ?
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज
दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँ पुरस्कार
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो भदौ ५ यताका १५ उपलब्धि





