काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले जानकारी दिएका छन् ।
छलफलमा सात प्रदेशका अतिरिक्त भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूसहभागी भएका छन् । बन्द सत्रको तेस्रो दिनको छलफल भोलि बिहान साढे १० बजे पुनः सञ्चालन हुनेछ । भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
न्युयोर्कबाट प्रधानमन्त्री बालेनको सन्देश : तीन दिनसम्म विशेष सतर्कता अपनाऔं
बालेनलाई अमेरिकी अधिकारीले किन स्वागत गरेनन् ?
एमालेमा विद्यादेवी भण्डारी दोस्रो वरीयताक्रममा रहने
कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा रवि, केपी र प्रचण्डलाई आमन्त्रण
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज हुँदै, उल्लासपूर्ण सहभागिताका लागि देउवाको अपिल
कांग्रेसविरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कडा कारबाही गर्ने
कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँ पुरस्कार
असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ







