काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ र महिला उपाध्यक्ष पदमा निर्विरोध भएको छ । सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्मा र महिला उपाध्यक्षमा पुष्पा भुषालको मात्र उम्मेदवारी परेको छ । शर्मा र भुषाल निर्विरोध निर्वाचित भएका छन् । शर्मा र भुषाल निर्वाचित भएको निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गरेको छैन ।
निर्वाचन समितिका अनुसार सभापतिका लागि सबैभन्दा पहिले नेता खड्गीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि साँझ साढे ६ बजेतिर थापाले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । थापापछि राठौर उम्मेदवारी दर्ताका गराएका थिए ।
खुला उपसभापति पदका लागि डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन् ।
समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन् ।
खुला महामन्त्री पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन् ।
महिला महामन्त्री पदमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन् ।
सम्बन्धित समाचार
बालेनलाई अमेरिकी अधिकारीले किन स्वागत गरेनन् ?
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज
दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँ पुरस्कार
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो भदौ ५ यताका १५ उपलब्धि
कांग्रेस १५औँ महाधिवेशन : बन्दसत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ
कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री







