काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गर्ने लेखक भट्टराईको पहिलो कृति सोमबार लोकार्पण गरिएको हो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको लोकार्पण समारोहमा नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए ।
त्यसैगरी, दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा ‘कलेजी प्रेम’माथि आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेका थिए ।
लोकार्पण समारोहमा लेखक भट्टराईले ‘कलेजी प्रेम’ केवल प्रेमकथामा सीमित कृति नभई समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने साहित्यिक प्रयास भएको बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले पुस्तकमा प्रस्तुत कथा र विचार नेपालमै बसेर आफ्नो पहिचान बनाउन चाहने धेरै युवाको जीवनसँग मेल खाने बताए ।
देशप्रतिको नागरिक दायित्वमा जोड दिँदै कार्कीले लेखकसहित युवालाई आफ्नो सीप र ज्ञान देश निर्माणमा प्रयोग गर्न आग्रह गरे।
सम्बन्धित समाचार
अनमोल केसीको ‘बाटुलो जून’ दसैंमा नआउने
‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’
गायिका मेलिना राईलाई पितृशोक
अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी





