राठौरले उम्मेदवारी फिर्ता लिएँ, सभापतिमा गगनलाई समर्थन

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध हुने भएका छन् । 

जारी १५औं महाधिवेशनअन्तर्गत उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले सभापतिमा गगनलाई समर्थन गरेका छन् ।

मंगलबार सभापति पदमा उम्मेदवारी दिएका राठौरले बुधबार राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्। उनले पार्टी संकटको अवस्थामा रहेकाले मिलेर जान सभापति थापाले प्रस्ताव गरेपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

यस्तै, सभापतिका अर्का उम्मेदवार खड्गीले पनि आफ्नो उम्मेदवारी कायम नरहने बताउन थालेका छन् ।
 

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालय समयमै वडासचिव निदाएको तस्वीर भाइरल