काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । मतपत्र छपाइमा ढिलाइ भएपछि एक दिन पछाडि सरेको मतदानका लागि निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। निर्वाचन समितिका अनुसार मतदान बिहान ७ बजेदेखि सुरु भएर अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।

मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ । प्रतिनिधिहरूको प्रदेश, समूह तथा संस्थाअनुसार छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरका विभिन्न हलमा मतदानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
मतदानमा प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन गर्न मताधिकार प्रयोग गर्नेछन्। निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ ।

यसअघि असोज २२ गतेभित्रै निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन कार्यक्रम एक दिन लम्बिएको हो । निर्वाचन समितिले रातिको समयमा मतदान गराउनुभन्दा बिहान मतदान सुरु गर्नु उपयुक्त हुने निष्कर्षसहित नयाँ समयतालिका सार्वजनिक गरेको थियो ।
मतदान सकिएपछि मतगणना सुरु गरिनेछ । सबै पदको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक हुनेछ । यद्यपि मतपरिणाम सार्वजनिक हुने निश्चित समय भने तोकिएको छैन ।
सम्बन्धित समाचार
कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै
चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो
सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ : डा. प्रकाशशरण महत
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् एजेन्डा
कांग्रेस महाधिवेशनमा जानेले सवारी साधन कहाँ कहाँ पार्किङ गर्ने ?
झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा*
एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको इन्ट्री





