काठमाडौं । नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘एक्सट्रीम म्युजिक सिरिज’ सुरु गरिएको छ। एक्सट्रीम इन्जिनियरिङ ड्रिङ्कको अवधारणामा आधारित यो सिरिज अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको हो।
सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। गीत तथा संगीत भिडियो ‘एक्सट्रीम म्युजिक सिरिज’को युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।
पहिलो सिरिजमा यावेश, एस्टिम्यान, भेक, ज्योमा, ब्लुज, विजेन, फोकटोनिक्स, डोङ र त्रिजेन गरी नौ कलाकार सहभागी हुनेछन्। प्रत्येक कलाकारले आफ्नो छुट्टै संगीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
परम्परागत शैलीभन्दा फरक नयाँ संगीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले सिरिज सञ्चालन गरिएको आयोजकले जनाएको छ। यसमार्फत नेपाली संगीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय संगीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
गायिका मेलिना राईलाई पितृशोक
अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी
नृत्य विधामा स्वजन रघुवंशीलाई विद्यावारिधि
नाना पाटेकरले नयाँ कार किन्ने पैसा किसान परिवारलाई बाँडे
रेखाको फिल्ममा अञ्जु र सत्यराजको स्वर






