सुन चाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी, आज पनि उल्लेख्य रुपमा घट्यो

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि ओरालो लागेको छ ।

हिजो मंगलबार तोलामा दुई हजार २०० रूपैयाँ घटेको सुनको मूल्य आज बुधबार दुई हजार ७०० रूपैयाँ घटेर दुई लाख ८९ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, हिजो मंगलबार प्रतितोला चार हजार ३५५ रूपैयाँमा कारोबार भएको आज चार हजार २५५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रूपैयाँ कम हो ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

लोकदोहोरी गायिका रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित