एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नेकपा एमालेका सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका थापाले बुधबार सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले राजीनामा दिएको स्रोतले जनाएको छ । उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट पारित भएको छ । बजेट निर्माणका क्रममा देखिएका भनिएका बेथिति’bout छानबिन गर्न संसदीय समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने सहमति सत्तारूढ दलहरूबीच भएको छ ।

बजेटलाई लिएर सत्तारूढ दलभित्रै असन्तुष्टि बढिरहेका बेला एमाले सांसद थापाले राजीनामा दिएको खबर सार्वजनिक भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार