शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

धनगढी । धनगढी उपमहानगरपालिकाद्वारा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको शनिवारीय महिला उद्यम बजार यस वर्ष पनि पुनः सञ्चालन हुने भएको छ ।

उपमहानगरपालिकाका अनुसार महिला उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको उक्त बजार यहि २०८३ साल असोज २४ गतेदेखि पुनः सञ्चालन गरिनेछ ।

उद्यम बजार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ देखि धनगढी कभर्डहलनजिक जेन्जी मार्गमा सञ्चालन हुँदै आएको छ । सम्बन्धित सम्पूर्ण महिला उद्यमी तथा सरोकारवालालाई बजारमा सहभागी हुन उपमहानगरपालिकाले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

नापी कार्यालय कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाख रुपैयाँको बिगोसहित आरोपपत्र दायर