सुदूरपश्चिममा १५ करोड चाहिने निशुल्क औषधि खरिदमा ८० लाख मात्रै बजेट

धनगढी । सरकारी अस्पतालमा उपचार गर्न पुग्ने विपन्न नागरिकले अब निःशुल्क औषधिसमेत नपाउने जोखिम बढेको छ । नागरिकलाई निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने सरकारले आवश्यक बजेटको सानो अंश मात्रै विनियोजन गरेपछि सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव झन् चर्किने चिन्ता बढेको हो ।

प्रदेशभर निःशुल्क औषधि व्यवस्थापनका लागि वार्षिक करिब १५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ । तर, प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ का लागि जम्मा ८० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । आवश्यकताको तुलनामा करिब १४ करोड २० लाख रुपैयाँ कम बजेट छुट्याइएको छ । अर्थात्, औषधि व्यवस्थापनका लागि आवश्यक बजेटको ५ प्रतिशतभन्दा केही बढी रकम मात्रै सरकारले छुट्याएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख झनकराज ढुंगानाका अनुसार विनियोजित बजेटबाट प्रदेशभर आवश्यक औषधि व्यवस्थापन गर्न कठिन छ । ’हामीले १० करोड माग गरेका थियौं,झ उनले भने, ’प्रदेशले ८० लाख मात्रै छुट्याएको छ । संघले अनुदानमा दुई करोड राखेको छ। बजेट अभावले ठुलो क्राइसिस हुने देखिन्छ । पर्याप्त बजेट नहुँदा औषधि खरिद र आपूर्तिमा समस्या देखिने तथा त्यसको प्रत्यक्ष असर सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने नागरिकलाई पर्ने जोखिम छ ।

नेपाल सरकारले नागरिकलाई ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसमध्ये करिब ५६ प्रकारका औषधि खरिद तथा आपूर्तिको जिम्मेवारी प्रदेश सरकारको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्ला स्वास्थ्य कार्यालय हुँदै स्थानीय तहका आधारभूत अस्पताल र स्वास्थ्य संस्थासम्म औषधि पु¥याइन्छ । तर, आवश्यक बजेट नै नहुँदा यो आपूर्ति प्रणाली प्रभावित हुने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर बताउँछन् ।

उनका अनुसार औषधिको अभाव सुदूरपश्चिममा नयाँ समस्या होइन । विगत केही वर्षदेखि नै सरकारी स्वास्थ्य संस्थाले मागअनुसार औषधि पाउन सकेका छैनन् । एक वर्षसम्म पुग्नुपर्ने औषधिले चार–पाँच महिना धान्नसमेत कठिन भइरहेको छ। कुँवरले भने, ‘अहिले विनियोजन भएको बजेट हेर्दा आवश्यक मात्रामा औषधि व्यवस्थापन गर्न सकिने देखिँदैन । यो निकै चिन्ताजनक अवस्था हो ।’

प्रदेश सरकारको जिम्मेवारीमा रहेका औषधि स्थानीय तहले आफूखुसी खरिद गर्न पनि सहज छैन । सरकारले कुन तहले कुन औषधि खरिद गर्ने भन्ने जिम्मेवारी छुट्याएकाले प्रदेशको जिम्मेवारीमा रहेका औषधि स्थानीय तहले खरिद गर्दा बेरुजु देखिने जोखिम छ । स्थानीय तहबाट औषधि अभाव’bout पटक–पटक गुनासो आउने गरेको कुँवरले बताए ।

स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डा. खगेन्द्र बम पनि औषधि व्यवस्थापनका लागि विनियोजित बजेट अपर्याप्त रहेको बताउँछन् । विगतका वर्षमा समेत आवश्यक औषधि पु¥याउन नसकिएको अवस्थामा यसवर्ष झन् न्यून बजेट छुट्याइएको उनको भनाइ छ । ‘यति बजेटले औषधि वितरण गर्न पुग्दैन। यसअघिका वर्षमा पनि आवश्यक औषधि पु¥याउन सकिएको थिएन । हामीले प्रस्ताव गरेको बजेट आएन,’ बमले भने, ‘विगतमा पनि बजेट कम आउने गथ्र्यो, तर अहिले भने एकदमै न्यून बजेट आएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री गुरुङ तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए