धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले धनगढी प्रवेश गरेबापत कुनै शुल्क तिर्नु नपर्ने स्पष्ट पारेका छन् ।
धनगढी प्रवेश गर्दा शुल्क तिर्नुपर्ने आशयको भिडियो सार्वजनिक भएपछि नगरप्रमुख हमालले त्यसप्रति आपत्ति जनाउँदै उपमहानगरपालिकालाई प्रवेश शुल्क उठाउने अधिकार नभएको बताएका हुन् ।
उनले भिडियो सन्देशमार्फत धनगढी प्रवेश गर्ने नागरिकबाट शुल्क असुल्नु गैरकानुनी हुने उल्लेख गर्दै कसैले त्यस्तो शुल्क उठाएको पाइए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन् ।
‘हामी आफ्नो क्षेत्राधिकारमा सचेत छौँ । हामीलाई प्रवेश शुल्क उठाउने अधिकार पनि छैन । कसैले त्यस्तो शुल्क उठाएको छ भने प्रहरीलाई जानकारी गराउन अनुरोध छ,’ उनले भने, ‘हामीले त यहाँ आउने मान्छेलाई स्वागत गर्ने हो, कर लिने होइन ।’
धनगढी प्रवेश गर्दा शुल्क तिर्नुपर्ने भन्दै सार्वजनिक गरिएको भिडियोले सर्वसाधारणमा भ्रम सिर्जना गरेको उनको भनाइ छ । यस्ता गतिविधिलाई जहाँसुकै भए पनि निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले जबर्जस्ती शुल्क उठाउने कार्य भए कानुनी प्रक्रियामा जानुपर्ने बताए ।
आफ्नो नाम समेत जोडेर प्रवेश शुल्कसम्बन्धी विषय सार्वजनिक गरिएकोप्रति असन्तुष्टि जनाउँदै नगरप्रमुख हमालले त्यस्तो शुल्क उठाउने व्यक्ति वा समूह’bout जानकारी भए धनगढी उपमहानगरपालिका वा नगर प्रहरीको ०९१५९०६९० नम्बरमा जानकारी गराइ सहयोग गरिदिन आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन
एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा
सुदूरपश्चिममा १५ करोड चाहिने निशुल्क औषधि खरिदमा ८० लाख मात्रै बजेट
जडीबुटी कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन ठप्प
बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ कारोबार ?
भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह






